Spiritual

कुल के हो? कुलपूजा परम्पराको उत्पत्ति, अर्थ र धार्मिक महत्व

what is kul? the meaning of kul devta and masto kul devta.

एकै रक्त समूहबाट विकसित भइ विभिन्न स्थलमा बसोबास गर्दै आएका समूहलाई नै एकै कुल मानिन्छ । कुल गोत्र वंश परम्पराको प्राचीन रूप हो । सगोत्रहरूको मूल जरोलाई स्मरण गर्दै र त्यसबाट विकसित र विस्तारित परिवारको समूह हो ।

कुलपूजा परम्परा

कुनै ऋषिका सन्तान दरसन्तानका रूपमा विकसित विस्तारित वंश परम्परामा आधारित मन्त्र र तन्त्रद्वारा पूजाआजाको परम्परा सुरु भएको मानिन्छ । मानिसको आत्मसन्तुष्टी र सुरक्षाका निमित्तं देवीदेवताका उपासना त्रिताप मोचनका लागि गरिएको प्रयत्नबाट नै कुल वा सगोत्र परिवार जम्मा भएर आद्यशक्ति, पितृ र प्रकृतिको पूजा गर्न थालियो । जुन कालान्तरमा कुलपूजा, कुलायन पूजा वा देवालीको विकसित रूप हो ।

आर्य खस लगायत अन्य जातजातिमा शिव र शक्तिको उपासना गर्ने परम्परा छ । आजको समाजमा मन्त्र वा तन्त्र शक्तिको विश्वास नभएपनि विभिन्न देवीदेवताका मूर्त स्वरूप मानेर त्यहीअनुसार पूजा गर्ने परम्परा भने कायम नै छ । धर्म आस्था तथा विश्वासका केन्द्रविन्दु मानिएका देवीदेवतालाई आराध्य देवता मानेर सुख, शान्ति र समृद्धिको कामना गर्दै कामभावद्वारा व्रत उपासना र पूजाआजा गरिन्छ । वास्तवमै सृष्टि परम्परादेखि नै आराध्यदेवको

व्रत, उपासना अथवा तपस्याद्वारा खुशी बनाउने कार्य हुने गरेको हामी पुराण, श्रुति स्मृति तथा वेदको अध्ययनबाट थाहा पाउँछौ । मानिसले दैवी शक्तिको आराधना वा पूजाआजा कायिक, वाचिक र मानसिक पद्धतिद्वारा गर्ने गर्दछन् भने पूजाआजाको उद्देश्य कामभाव र निष्काम भाव दुवैबाट गरिन्छ ।

निश्चित शक्ति वा भौतिक रूप मानेर भौतिक वस्तु चढाएर देवीदेवताको पूजाको विशिष्ट वा महत्त्वपूर्ण परम्पराको रूपमा चलिआएको एउटा संस्कृतिका रूपमा कुलपूजा परम्परालाई मान्न सकिन्छ ।

YouTube player

सनातन धर्म परम्पराअनुसार विभिन्न थर गोत्र सम्प्रदायले पूर्वजले मानेका कुल परम्परालाई आधार मानी कुलपूजा गर्दछन् । स्थान र पद्धतिअनुसार एकै गोत्र सम्प्रदायमा पनि कुलपूजाको गर्ने तरिका भिन्न हुन सक्छ वा देखिन्छ । प्रचलित कुलपूजा परम्परालाई विभिन्न गोत्रसम्प्रदायका पद्धतिलाई हेर्ने हो भने सत्त्व, रज र तमो गुणलाई आधार मानेर गरेको बुझिन्छ ।

आर्यखसलगायत अन्य जानजातिका कुलदेवता मष्टोका ९ / १२ भेद ८४ वा १०९ मष्टोका चर्चा गर्दै ती मध्ये बलि खाने र नखानेका रूपमा विभक्त गरिएको छ । स्थानान्तरण, अन्य जातजातिसँगै सहसम्बन्ध, पुस्तान्तरण तथा अन्य कारणबाट भिन्नभिन्न स्थानमा बसोबास गरेका एउटै गोत्र वा एकै थरका समूहमा पनि कुलपूजा गर्ने प्रक्रिया र पद्धतिमा भिन्नता पाइएको छ ।

कुलपूजामा शिव, शक्ति, प्रकृतिसँगै स्थानिक / स्थानीय देवीदेवताको पूजाआजा गरिन्छ। आफ्ना कुलदेवता परम्परामा रक्तसम्बन्धका सगोत्र मिलेर सनातन कालदेखि मान्दै आएका इष्टदेवको पूजा परम्परा नै कुलपूजा परम्परा हो ।

नेपाली समाज देवालीको पूजा गरिने देवीदेवताहरू पनि अनेक किसिमका छन् । अनेक नामले पुकारिन्छ । कहीं शिव, कहीं देवी, कहीं मष्टा, मसानी, भैरव, प्रेतशक्ति, पिशाचशक्ति तथा सहायक गणका साथ अग्नि, जल, सूर्य तथा वनस्पति तत्त्वको पूजा गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *