काम्ने, छोप्ने तथा छारे रोगको वास्तविक कारण पत्ता लगाएर गरिने उपचार
नेपालको परम्परागत धार्मिक तथा आध्यात्मिक विश्वास अनुसार मानिसमा देखिने केही समस्या केवल शारीरिक कारणले मात्र नभई आध्यात्मिक, वायु, वीर, मसान तथा अन्य अदृश्य प्रभावका कारण पनि हुने विश्वास गरिन्छ । विशेष गरी काम्ने, छोप्ने, डर लाग्ने, अचानक बेहोस हुने, छारे जस्तो समस्या आउने तथा शरीर कमजोर हुँदै जाने अवस्थालाई धेरैले सामान्य रोग मात्र नभई विशेष प्रभावको संकेतको रूपमा पनि हेर्ने गरेका छन् ।

यस्ता समस्यामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको रोगको वास्तविक कारण पत्ता लगाउनु हो । कुनै समस्या कमजोरीका कारण हुन सक्छ भने कुनै समस्या रोग बिगार, वायु, वीर, मसान वा अन्य आध्यात्मिक कारणले पनि उत्पन्न भएको मानिन्छ । त्यसैले जे कारणले रोग लागेको हो, सोही अनुसारको उपचार तथा पूजा–पाठ गर्न आवश्यक मानिन्छ । सही विधि र विधान अनुसार पूजा–पाठ तथा उपचार गरेपछि मात्र समस्याको स्थायी समाधान हुने विश्वास गरिन्छ ।
विशेष गरी काम्ने रोग धेरै प्रकारका हुने बताइन्छ ।
- छारे रोग कमजोरीका कारण पनि हुन सक्छ
- रोग बिगार वा मानसिक तनावका कारण पनि हुन सक्छ
- वायु तथा वीरको प्रभावले पनि शरीर काम्ने समस्या आउन सक्छ
- मसान वा अन्य अदृश्य प्रभावका कारण पनि यस्तो अवस्था देखिन सक्छ
त्यसैले बिरामीको अवस्था बुझेर, जन्म मिति, जन्म बार, समय तथा अन्य धार्मिक संकेतको आधारमा कारण पत्ता लगाइन्छ र त्यसअनुसार पूजा–पाठ, जप, मन्त्र तथा विधिगत उपचार गरिन्छ ।
यस्ता विभिन्न प्रकारका रोग तथा समस्याको धार्मिक उपचार गर्दै आउनुभएका गुरुको रूपमा हरि बोहोरा लाई धेरै भक्तजनले विश्वासका साथ सम्झने गरेका छन् । उहाँमार्फत विभिन्न रोग तथा समस्याको कारण पत्ता लगाई विधिपूर्वक पूजा–पाठ गरिने गरिएको बताइन्छ ।
यस सम्बन्धी धार्मिक कार्यक्रम, पूजा–पाठ तथा जानकारीहरू जय होस टेलिभिजन मार्फत पनि हेर्न तथा बुझ्न सकिन्छ ।
